देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस बैठक निष्कर्षविहीन

देशान्तर

काठमाडौं । आन्तरिक विषयमा सहमति जुटाउन बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा चार घण्टाबढी बसेको बैठकले कुनै ठोस निर्णय लिन सकेन ।

सभापति देउवाले निर्वाचन समिति र अनुशासन समिति गठन लगायतका विषयमा सहमति जुटाउन चाहेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिको कार्यशैलीको आलोचना गरेपछि सहमति हुन सकेन । बैठकमा सहभागि कांग्रेस नेता अर्जुननरसिंह केसीले सबैले आ–आफ्नो कुरा राख्नेमात्रै काम भएको बताउनुभयो । पार्टीका महत्वपूर्ण निर्णय बृहत्तर छलफलबाट गर्नुपर्ने र समितिहरुको गठन सबै पक्षको सम्मानजनक सहभागितामा हुनुपर्नेमा पौडेल पक्षले जोड दिएको थियो । पौडेल पक्षले ५६ जिल्ला सभापतिले उठाएका एजेण्डामा पनि सहमति एकैसाथ गर्नुपर्ने धारणा बैठकमा राखेको थियो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, पदाधिकारी एवं पूर्व पदाधिकारीहरु सहभागि थिए ।