चितुवा कराउनु र बाख्रा हराउनु एकसाथ प¥यो । त्यो नितान्त संयोग मात्र पनि हुन सक्छ र त्यसको विपरीत क्यालकुलेटिभ रिस्क पनि हुन सक्छ । कुरा अस्तिकै त हो नि, सत्ताधारी नेकपाका दुईमध्ये एक अध्यक्ष तथा पूर्वमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा फेरि अर्को विद्रोह हुन्छ भनेको एक महिना बित्न नपाउ“दै विप्लव माओवादीबाट उपत्यकाको नक्खुलगायत देशका विभिन्न २१ जिल्लामा एकसाथ बम विस्फोट गराउने काम भयो ।
कति मानिस मरे, त्यसको गणनाले होइन, गुणवत्ताले महत्व राख्छ । तोकेको दिन, एकै पटक त्यत्ति धेरै ठाउ“मा शृंखलाबद्ध तरिकाले बम विस्फोट गराउनु चानचुने शक्तिको काम पटक्कै हुन सक्तैन र होइन पनि । ठूलो, संगठित, दक्ष र अनुशासित शक्तिबिना त्यस प्रकारको योजना कार्यान्वयन हुन सम्भव नै हु“दैन । त्यो वास्तविकताको बोध, सेना र प्रहरीका अतिरिक्त प्रचण्ड र कांग्रेसका संघर्षबाट उठेका नेतालाई बाहेक अरूलाई हुन सक्तैन ।
झापाली आन्दोलन पनि सीमित पकेटमा केन्द्रित थियो, त्यसैले त्यसका नेताहरूका अनुभवले पनि त्यस्ता गम्भीर तथा व्यापक आन्दोलनका आयामलाई आ“क्न कठिन हुन्छ । त्यसमाथि अर्काको दौरा अथवा धोतीको फेर समातेर राजनीतिको शिखरमा पुगेकाहरूका लागि त्यो निश्चय नै पहु“चबाहिरको विषय हो । जसले हतियार र नेपाली राजनीतिको सम्बन्धको चुरो पक्रने अवसर पाएको छ, त्यसले मात्र त्यसको मर्म र गाम्भीर्यता अनुभव गर्न सक्छ । भुइ“फुट्टाहरूबाट त्यो काम हुने होइन ।
बितेको मंसिर ८ गते राजधानीका विभिन्न नाकाबाट विप्लव माओवादी समूहको जुलुस निक्लेको थियो । एकै समयमा काठमाडौंका विभिन्न गौंडाबाट एक सिठ्ठीका भरमा निक्लेको त्यो जुलुस, सिंहदरबार र सैनिक हेडक्वाटरको बीचमा अवस्थित भृकुटीमण्डपमा आमसभामा परिणत भएको थियो र त्यसले बडो स्पष्ट रूपमा अहिलेको संविधान र त्यसले स्थापना गर्न खोजेको ‘न हा“स, न कुखुराको चालाको व्यवस्था’लाई संस्थागत तुल्याउन बनेको संविधान च्यातेर नया“ जनवादी राज्यव्यवस्था स्थापना गरिछाड्ने शंखघोष गरेको थियो ।
माओवादीका नामबाट त्यस्तै घोषणा पहिले पनि भएको थियो– २०५२ सालको फागुन १ गते । त्यसबेला कामरेड पुष्पकमल दाहाल प्रचण्डले त्यस्तो गर्जन गरेका थिए, यसपालि त्यही काम विप्लवबाट भएको छ । रातो युनिफर्मका ती लडाकुलाई उत्तिबेला लालसेना भनिएको थियो, अहिले रेडगार्ड भनिएको छ । त्यस्तै रेडगार्डले चीनमा कम्युनिस्ट क्रान्ति गरेकाले त्यसको नाम र काम उस्तै हो है भन्ने जनाउन युनिफर्मको रंग पनि चीनकै जस्तो रातो रोजिएको हो ।
पुरानो माओवादीबाट फुटेर क्रान्तिकारी माओवादी बनेको विप्लव समूहले त्यस दिन बजाएको घण्ट कसका विरुद्ध ‘मृत्युको घण्ट’ हो भन्ने प्रश्न यही पंक्तिकारले उठाइएको थियो । त्यत्तिबेला जवाफ कतैबाट आएको थिएन, त्यस्ता सबै अनुत्तरित प्रश्नको जवाफ अहिले एकसाथ ओइरिएको छ– संकेत, प्रतीक र उदाहरण बनेर । विप्लव समूहले बम विस्फोटका ती सबै घटनाको जिम्मेदारी आफूले सार्वजनिक रूपमा लिएको छैन, तर सरकारका तर्फबाट गृहमन्त्रीले एक वक्तव्य जारी गरी उपलब्ध सूचनाका आधारमा सबै घटना त्यही समूहबाट भएको पुष्टि गरिदिएका छन् ।
प्रचण्डको लालसेना र त्यसले चलाएको हत्या, हिंसा र आतंकका कारण १० वर्षको कथित जनयुद्धकालमा १७ हजारभन्दा केही बढीको निर्मम हत्या भएको तथ्य जगजाहेरै छ । कति हजार अपांग भए, कति विधवा र टुहुरा भए, त्यसको लेखासम्म छैन । त्यस्तै विकास निर्माणका पूर्वाधार कति ध्वस्त भए, त्यसको पनि तथ्यांक अझै तयार भइसकेको छैन ।
त्यो आन्दोलनको आतंक बाह्रबु“दे दिल्ली सम्झौतापछि बल्ल सामसुम भएको थियो । त्यस्तो बर्बरतापूर्ण आतंकको त्रासदी झेलेका नेपालीले फेरि उस्तै युद्धको हा“क दिन राजधानीको छातीमा भएको रेडआर्मीको जबर्जस्त मार्चपास्टको अभ्यास व्यहोर्न बाध्य हुनु काठमाडौंवासीका निम्ति मात्र होइन, सबै नेपालीका लागि विनाशकारी महामारी आउने पूर्वसूचना थियो ।
आतंक भनेकै मानिसको मनमा उत्पन्न हुने मृत्युको त्रास हो । त्यस्तो चेतावनीको रेडमार्च आफैंमा आतंकको द्योतक थियो । त्यसको लगत्तै सत्तामा ढलिमली गरिरहेको उसको सहोदरले पनि अर्को जनविद्रोह हुने भविष्यवाणी गरेपछि त्यो मृत्युको घण्ट कसका लागि बजेको रहेछ खुलस्त भएको छ । विप्लवले एनसेलका टावरमा शृंखलाबद्ध बम प्रहार गरेर मात्र होइन, प्रचण्ड र विप्लवको लोली र बोली एकै हुन पुगेको तथ्यले पनि त्यो वास्तविकता थप उजागर हुन पुगेको हो ।
नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको माओवादी, अहिले नेकपा एमालेमा विलय भएको प्रचण्ड माओवादीको उत्तराधिकारी हो भन्नेमा धेरै द्विविधामा पर्न आवश्यक छैन भन्ने हाम्रो उत्ति बेलैको निष्कर्ष थियो । त्यसको पनि ठ्याक्कै पुष्टि नभए पनि अर्ध पुष्टि त्यसबेला भयो, जब पुष्पकमल दाहालले केही साताअघि मात्र अर्को विद्रोह हुने भविष्यवाणी गरेका थिए ।
उनको त्यस्तो विद्रोही वचन, भुइ“मा झर्न नपाई विप्लवले एनसेल वितण्डा खडा गरिदिएका थिए । छद्म भूमिगत त्यो पार्टीले चन्दा उठाउन र बेरोजगार युवा पुस्ताका तन्नेरीहरूलाई आकर्षित तुल्याउन भूमिगत अवस्था र आतंकको हतियार प्रयोग गर्ने गरेको छ । बा“की समय तिनका क्रान्तिकारीहरू दिनभरि प्रचण्ड र रातभरि विप्लवको पिङमा झुल्ने गरेका छन् ।
त्यसबाट उनीहरूको गा“स, बास र कपासका अतिरिक्त सुरक्षाको समस्या पनि समाधान भइरहेको छ । उसले पार्टी पुनर्गठन दिवसको आडमा बाह्रबु“दे दिल्ली सम्झौता गरेकै दिन (मंसिर ८ गते) राजधानीमा शक्ति प्रदर्शन गर्नु खुलापनको लाभ उठाएको मात्र मान्न सकिन्न, त्यो भविष्यको दिशाबोध गराउने घटना पनि हुन सक्छ भन्ने त्यसबेलाको हाम्रो प्रक्षेपण यत्ति चा“डै सत्य सावित भएको छ । अब अर्को पक्ष उद्घाटित हुन बा“की छ, जसले त्यो खतराको घण्ट, थप क–कसका निम्ति मृत्युको घण्टको चेतावनी हो, त्यो क्रमशः खुलस्त हु“दै जानेछ ।
त्यसबेला हामीले यति मात्र प्रश्न उठाएका थियौं, मंसिर ८ गतेको मौका पारेर भएको रेडगार्डको मार्चपास, कसलाई तर्साउन त्यो मृत्युको घण्ट बजेको हो ? हामीले यो पनि भनेका थियौं, त्यही अनुत्तरित प्रश्नमा हाम्रो राजनीतिक भविष्यको कु“जी छिपेको हुन सक्छ । नभन्दै राजनीतिको मूल प्रवाह सुस्तरी तर निश्चित रूपमा त्यत्तै प्रवाहित हुन थालेको छ । भलै, त्यसको गति अहिले वेगवान् छैन ।
त्यो हाम्रो अनुमान मात्र थिएन, २०४६ सालको जनआन्दोलन यताको राजनीतिक घटना विकासको विश्लेषणमा आधारित निष्कर्ष थियो । नेपालभित्रका शक्तिका स्टेक होल्डर र बाहिरका प्लेयरले बोध गरेको नेपालको राजनीतिक परिस्थितिको परिप्रेक्षमा यो भन्न सकिन्छ कि अहिले जुन दिशामा हावाको प्रवाह आ“धीमा परिणत हुन झुत्ती खेलिरहेछ, त्यसले सतहमा देखिएको भन्दा धेरै बढी करेन्ट उत्पन्न गरिरहेछ ।
धरातलीय यथार्थ के पनि हो भने अहिले कम्युनिस्ट आन्दोलनको रंगमञ्चमा माओवादी प्राइमा डोनाको भूमिकामा छ । सरकार, सदन र सडक तीनैतिर अहिले उसैले कब्जा जमाएको छ । संघीय पद्धतिअनुसारको संरचनामा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारको नेतृत्व सम्हालेको एमाले यद्यपि सबैभन्दा बलियो देखिन्छ तर गेम चेन्जरको भूमिकामा उसको भूमिका विश्वसनीय र प्रभावकारी छैन ।
यथास्थितिमा रमाउने शक्तिका रूपमा अहिले स्थायित्व प्रदान गर्न सक्रिय भए पनि गेम चेन्जरको बन्ने दृष्टिले उसको भूमिका भरपर्दो छैन । त्यो स्थानको सामथ्र्य र औकात, कसैले चाहे पनि नचाहे पनि, अहिलेलाई माओवादीमा मात्र छ, अरूमा छैन ।
प्रतिक्रिया