देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गणपूरक संख्या नपुगेपछि सुनुवाई समिति स्थगित

देशान्तर

काठमाडौं । गणपुरक संख्या नपुगेपछि संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ । संवैधानिक आयोगका प्रस्तावित अध्यक्षमाथिको सुनुवाईका लागि बोलाइएको बैठकमा सदस्य अनुपस्थित भएपछि स्थागित भएको हो ।
आजको बैठकमा थारु आयोग र मधेसी आयोगका प्रस्तावित अध्यक्षमाथि सुनुवाई हुने कार्यतालिका थियो । सरकारले थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मधेसी आयोगको अध्यक्षका लागि डा. विजयकुमार दत्तलाई सिफारिस गरेको छ ।
उनीहरुमाथि उजुरी नपरेकाले सुनुवाई सुरु भएको हो । प्रतिनिधिसभा नियमावली अनुसार संसदीय समितिको बैठकका लागि ५१ प्रतिशत सदस्य उपस्थित हुनु पर्छ । संसदीय समितिमा १५ जना सदस्य छन् । आयोगका अध्यक्षको सिफारिसमा असन्तुष्टि जनाउँदै आएको कांग्रेसका चार सदस्य बैठकमा अनुपस्थित रहँदै आएका छन् ।
बैठकको गणपुरक संख्या पुग्न ८ सदस्य उपस्थित हुनु पर्छ । तर आजको बैठकमा त्यति सदस्य पनि उपस्थित नभएकाले फागुन १४ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।