देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकप छनोटमा नेपालद्वारा हङकङ ४ विकेटले पराजित

देशान्तर

काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले हङकङलाई पराजित गरेको छ । थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा आज (आइतबार) भएको लिग चरणको आफ्नो चौंथो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको हो ।

६३ रनको सामान्य लक्ष्य नेपालले १८ दशमलव ३ ओभरमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो । दश ओभर सम्म चार विकेट गुमाउदै मात्र २४ रन बनाएको नेपालको धरासाही इनिङ् अप्सरा बेगम र सरिता मगर मिलेर ३२ रनको साझेदारी गरेपछि नेपालको जितको आधार तय भएको थियो ।

नेपालका लागि सर्वाधिक २४ रन अप्सराको ब्याटबाट आएको थियो भने सिता राना मगरले १६ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् ।

हङकङको लागि जसमिनी टिटमुसले ३ विकेट हात पारिन् । यि सान तो, मारिको हिल र क्यारी चानले समान १/१ विकेट हात पारे ।

यस अघि हङकङको लागि मरीना लाम्पलोले सर्वाधिक १९ रन बनाइन् । यस्तै यास्मिन दसवानीले १६ र बेला पुनले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

हङकङलाई सानो स्कोरमा समेट्न नेरी थापाले ६ विकेट लिईन् । सरिता राना मगरको नाममा २ विकेट रह्यो ।

चार खेलमा तिन जित हात पारेको नेपाल अंक तालिकाको चौथो स्थानमा रहेको छ । राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष एक टोलीले ग्लोबल क्वालिफायर्समा स्थान बनाउने छ ।