काठमाडौं । औषधि व्यवस्था विभाग डीडीए ले औषधि प्रयोगशालामा गरेको निमित्त प्रमुखको नियुक्ति विवादमा परेको छ ।
विभागले गत पुस ३० गते शैलेसकुमार झालाई राष्ट्रिय औषधि प्रयोगशालाको निमित्त प्रमुखमा नियुक्त गरेको थियो । तर, स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सचिवालयले भने यो अधिकार मन्त्रालयको भए पनि विभागले नियमविपरीत काम गरेको बताएको छ ।
विभागले गत पुस ३० गतेको निर्णयअनुसार प्रयोगशालाको आर्थिक र प्रशासनिक अधिकारसहित सिनियर डिभिजनल केमिष्ट झालाई निमित्त प्रमुखमा नियुक्त गरिएको पत्र दिएको छ ।
स्वास्थ्यमन्त्री यादवका प्रेस संयोजक महेश चौरसियाले राष्ट्रिय औषधि प्रयोगशालामा निमित्त प्रमुख नियुक्त गर्दा विभागले क्षेत्राधिकार मिचेको बताए । उनले भने, ‘राष्ट्रिय औषधि प्रयोगशालामा नियुक्त गर्ने मन्त्रालयले हो, विभागले होइन ।’
विभागले नियुक्तिको लागि सिफारिससमेत नगरेको चौरसियाले बताए ।
प्रतिक्रिया