काठमाडौं । एकदिवसीय श्रृंखलामा नेपाललाई पहिलो सफलता मिलेको छ। युएईमा जारी तीन खेलको श्रृंखलामा नेपाललाई पहिलो जीत हासिल भएको हो।
नेपालले घरेलु टोली युएईलाई १४५ रनको विशाल अन्तरले पराजित गरेको हो। यो जितसँगै तीन खेलको श्रृंखलालाई नेपालले १ ,१ को बराबरीमा ल्याएको छ। पहिलो खेलमा नेपाल पराजित भएको थियो। खेलमा नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको युएई ९७ रनमा अलआउट भएको थियो। नेपालका लागि सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिए।
नेपाली बलरसामू युएईका ब्याट्सम्यान टिकेर खेल्न सकेनन्। युएईका लागि मोहम्मद उस्मानले सर्वाधिक २६ रन जोडेका थिए। त्यसैगरी अस्फाक अहमदले २०, रन आउट भएका मोहम्मद नाविदले १९ र सिपी राजनले १६ रन जोडेका थिए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। टस जितेर ब्याटिङ रोजेको नेपालले आज सुधारिएको ब्याटिङ गरेको थियो। नेपाले पूरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २४२ रन बनाएको थियो। नेपाल र युएईबीचको एकदिवसीय श्रृंखलाको अन्तिम खेल सोमबार हुनेछ। त्यसपछि तीन टी(२० श्रृंखला खेल्नेछन्।
प्रतिक्रिया