देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कालापानीमा झन्डा गाडें तर सम्झिएनन्

देशान्तर

समयसँगसँगै गीतसँगीत पनि विकसित भइरहेका छन् । गीतमार्फत बोलिने र संगीतमार्फत लय समाउने राष्ट्र र राष्ट्रियतामा पनि केही परिवर्तनहरू आएका छन् । संगीतको संसारभित्र शब्दहरूको अभाव छैन तर, अर्थहरूको अभाव खड्किएको अनुभव हुन थालेको छ । गीत र संगीत सरल शब्द, सरस र सरल तालसँगै शब्दहरूसँग जोडिएको स्वरका रूपमा पनि कतिपयले व्याख्या गर्ने गरेका छन् । तर, यसको विकास भने अर्थ र राजनीतितिर ढल्कँदै गएको छ । यी शब्दहरू हुन्— सिन्धुली, झागाझोली–४ डाँडीगुराँसेमा जन्मिएर हाल सर्लाही निवासी जेपापी अर्थात् झन्डा शेखर दाहाल संगीतका तीनै विधामा पारखी छन् । उनको नेपाली राजनीतिसँग पनि नजिकको सम्बन्ध छ ।

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका भाञ्जा हुन् उनका पिता । जेपापीका पिता शिवप्रसाद दाहाल बीपीको कार्यकालका साक्षात् जीवित सबुत पनि हुन् नेपाली कांग्रेसका लागि । तर, पापीलाई राजनीतिभन्दा पनि राजनीतिक दलका नेताहरूप्रति वितृष्णा छ । उनी दल र पार्टीलाई खासै मन पराउँदैनन् । सिन्धुलीमा जन्मिएर सर्लाही झरेका पापीको बाल्यकाल सर्लाहीमै वितेको हो । उनी बाल्यकालदेखि फरक शैलीको भएकाले सानामा उनको बोलाउने नाम न्वारानकै थियो झन्डा शेखर दाहाल ।

यो नामले पनि पापीको नाम कसरी झन्डा शेखर रह्यो भन्ने कुरा राजनीति पृष्ठभूमिलाई उजागर गरेको छ । तर, उनी यो प्रसंग खोल्न चाहँदैनन् । हक्की स्वभावका पापी सानैदेखि दादागिरी शैलीका थिए । खुट्टामा चप्पल नलगाउने । खाइलाग्दो जिउडाल र दिउँसै राजमार्गमा गाडी रोक्ने अभियानले उनलाई साथीले बोलाउने झन्डे नामबाट जे पापीमा परिणत गराएको हो ।

यो नाम पनि उनलाई कुनै साथीभाइले दिएको हैन । घरकै जेठाबाठाबाट झन्डा शेखरबा उनी जे पापी भएका हुन् । उनका केही राम्रा रचनाहरू चोरी भएको र ती रचनाबाट केही राम्रा गायक जन्मिएको उनका सहपाठीहरू बताउँछन् । तर, पापी यसलाई प्रस्ट खोल्न चाहँदैनन् । यो प्रसंग उनका लागि एउटा संयोग मात्र हो । अहिले पनि नेपाली जनजिब्रोमा झुन्डिएको माछी मार्न जाउ न दाज्यै कालापानीमा बोलको गीत उनका सहपाठीले भनेअनुसार जेपापीको हो । तत्कालीन समयमा यो गीतमा केही विवादहरू पनि आएका थिए । तर, पापीले यसलाई थप विवादमा राख्न चाहेनन् । पछि उनका केही गीतहरू पछिल्लो शाहीकालमा प्रतिबन्धमा समेत परेका थिए । तर, यसलाई उनले कमजोर मानसिकताको कर्मचारी प्रशासनमै चित्त बुझाए ।

त्यो समयमा पापीले सुत सुत निदा ऐ काठमान्डु सहर भन्ने गीत पछि यो देशको काट्टो खानेहरूले भन्ने बोलको गीत निकालेका थिए । यो गीत सार्वजनिक गर्न समस्या भएका कारण उनले युट्युबबाट सार्वजनिक गरेका थिए । यस्ता राष्ट्र, राष्ट्रियता र लोकमा भएका वास्तविक यर्थाथमा आधारित धेरै गीतहरू जे पापीले गाएका छन् । तर, उनी संगीतको क्षेत्रमा अझै भूमिगतकै अवस्थामा छन् । वास्तवमा उनी थिए यस्ता—उनी सानैदेखि गीतसंगीतप्रति अत्यन्तै रुचि राख्दथे ।

उनी स्कुले जीवनमा चञ्चले स्वभावको भए पनि त्यो चञ्चलतालाई कलात्मक शैलीमा प्रस्तुत गर्दथे । स्कुलमा हुने हरेक सांस्कृतिक कार्यक्रममा उनी गीत गाउन सधैं अघि सरी हाल्थे । त्यहीँ क्षमता भएकै कारणले होला चञ्चले र चकचके स्वभावको भए पनि स्कुलमा सरहरूले मन चाहिँ पराउँथे ।

उनको जन्म सिन्धुलीमा भए पनि पढाइलेखाइ भने सर्लाहीको हरिवनमा भयो । त्यहीँबाट एसएलसी पूरा गरे उनले । त्यसपछि उच्च शिक्षा हासिल गर्न वीरगन्जतिर हानिए । पढाइ पूरा गरेपछि कामको सिलसिलामा उनले धेरै ठाउँको अनुभव बटुले । यातायात क्षेत्र, जनकपुर चुरोट कारखाना र होटेल लाइन सबै क्षेत्रको अनुभव बटुलेका छन् जे पापीले । जागिरसँग उनी गीतसंगीतमा रुचि राख्थे उनी ।

त्यसै मेसोमा रहेर उनले सर्वप्रथम २०५१ सालमा ‘सुतसुत निदाऊ काठमाडौं सहर’ बोलको गीत रेडियो नेपालमा रेकर्ड गराए । त्यसपछि लगातार उनका गीतहरू रेडियोमा रेकर्ड हुन थाले । ‘१२ बजे तोप चल्थ्यो’, ‘सिन्धुलीमाढी गढी दरबार, आप्को छोरो ठूलो कान्छा छैन है तेरो तरबार’ बोलका सामाजिक र सन्देशमूलक गीतहरू रेडियो नेपालमा रेकर्ड भए । उनले स्कुले पढाइ सर्लाहीको हरिवनबाट गरे पनि कलेजको पढाइ भने वीरगन्जबाट पूरा गरेका हुन् । उनका अहिले पनि रेडियो नेपालमा ५० भन्दा बढी ऐतिहासिक र कालजयी गीतहरू नेपाली बजारमा बेलाबखत घन्किने गर्दछन् ।

जसमा सबैभन्दा ऐतिहासिक राष्ट्रप्रति ओतप्रोत गीत “माछी मार्न जाऊन दाजै कालापानीमा” बोलको गीत अहिले पनि हरेक राष्ट्रवादी नेपालीको मनमुखमा झुन्डिरहेको छ । यो उनले गाएका गीतहरूमध्ये सबैभन्दा लोकप्रिय छ ।

कुनै पार्टीका नेताहरूले नेपालको सीमाको सवालमा कुरा उठाउँदा वा आन्दोलन गर्दा सधैं यही गीतलाई उदाहरण मान्दछन् । अहिले कालापानी छिमेकी मुलुक भारतको मातहतमा रहेको छ । तत्कालीन एमालेले गुमेको भूमि हामी फिर्ता ल्याउँछौं भन्दै कालापानीमा नेपालको झन्डा फहराउने भन्ने नाममा पनि यही गीत बजाएको थियो । तर, त्यो गीत गाउने गायक को हो भनेर मलाई सम्झिने आँट गरेन ।

जे पापी जस्तोसुकै भाकाका गीत पनि गाउँन सक्छन् । उनका सबै गीत सेमी–लोकफ्लेबरमा आधारित छन् । विजय श्रेष्ठको शब्द र संगीतमा तयार गरिएको “माछी मार्न जाउन दाजै, कालापानीमा” बोलको गीतमा विधान श्रेष्ठ र रीताले उनलाई साथ दिएका छन् । यो जे पापीको सर्वाधिक रुचाइएको सेमिलोक फ्लेबर भाकाको गीत हो ।

राष्ट्रियता छोएको शब्द, संगीत र टिपिकल गायन शैलीकै कारण हरेक नेपालीको मनमुटु छुन सफल भएको छ, “माछी मार्न जाउन दाजै, कालापानीमा” । जे पापीका गीतमा आफ्नै प्राकृतिक स्वर, शैलीकला झल्किएको भेट्टाइन्छ । उनका गीतहरू यथार्थमा आधारित भएको पाइन्छ । विशेषतः समाज र विश्वलाई झकझक्याउने खालको सन्देश उनका गीतमा पाइन्छ । उनका “थोपा थोपा पानी, ढिलो भो जोगाउन, बिग्रियो यो हाम्रो बानी, खाने भए संसारीले, बारुद विश्वयुद्धको,” बोलका गीतहरू पनि खुब चर्चित थिए ।

उनको पछिल्लो समय विभिन्न संघसंगठनको कार्यक्रममा सडकमा पनि धेरै गाइएको ‘यो देशको काट्टो खानेहरू’ बोलको गीत हो । यो गीत जे. पापीले जब राज्यबाट थिचोमिचो भएको महसुस गरेर जनताहरू सडकमा आएका हुन्छन् । त्यसबेला उनी यो गीत गाएर सडकलाई झन् तताउने काम गर्दथे । उनले गीतसंगीतको माध्यमबाट समाजमा भएका विकृति र विसंगतिको विरुद्ध जनतामा जागरण ल्याउने काम गरे । उनका गीतहरू मायापिरतीका भन्दा बढी सामाजिक विकृति÷विसंगतिविरुद्धको अभियानमा सन्देशमूलक हुन्छन् ।

उनलाई कुनै पार्टी वा संगठनको भनेको समयमा सडकमै गएर पनि गाइदिन्छन् । धेरै पटक उनले सडकमा गएर गीतसंगीतको माध्यमबाट राज्यलाई झकझक्याउने काम गरेका छन् । जे पापीलाई तपाईंलाई कसैले गीत गाउनुप¥यो भन्दा कति पारिश्रमिक लिनुहुन्छ ? भन्दा “सम्झेर दिएमा हात थाप्छु, तर गीत गाइदिएको यति नै चाहिन्छ भनेर अहिलेसम्म भनेको छुइँन,” उनी भन्छन् । उनी थप्छिन्, ‘सफल र सक्षम कलाकारलाई गाएको भरमा बाँच्न धेरै गाह्रो छ’ ।

पहिला गायक÷कलाकारहरूले आफ्नो प्रस्तुति देखाउने खासै फोरम थिएन । त्यसबेला अहिलेको महोत्सव जस्तो सरस्वती पूरामा हुने सांस्कृतिक कार्यक्रम नै मुख्य हो । अहिलेको जस्तो महोत्सव, वार्षिकोत्सव, मनाउने संघसंस्था पनि थिएन, उनी अगाडि भन्छन् । ‘हाम्रा पालामा त बल्लतल्ल वर्षमा एक पटक आउने श्रीपञ्चमीमा हुने सरस्वती पूजा र सांस्कृतिक कार्यक्रमहरू नै कलाकारहरूले आफ्नो प्रस्तुति देखाउने थलो हुन्थ्यो उनले बताए ।

अहिले गायकगायिकाहरूको मुख्य आम्दानीको स्रोत स्टेज प्रोग्राम हो । उनी स्टेज प्रोग्रामतिर खासै जाँदैनन् । त्यसैले उनी जीवीकोपार्जन गर्न गीतसंगीतको भन्दा पनि अन्य आयमा भर परेका छन् ।

उनले सबै गीत राज्यपक्षले समाजप्रति गरेको थिचोमिचोको विरुद्धमा जागरणसँग मेल खानेछन् । नेपालका नेताहरूमा को मन पर्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘म बीपीको लाइनको मान्छे, मलाई जननायक बीपी कोइराला, गणेशमान र कृष्णप्रसाद भट्टराई मनपर्छ ।

उनीहरूको निष्ठा र सिद्धान्तले गर्दा नै आज यो मुलुकमा लोकतन्त्र आएको हो । तर, अहिलेका नेताहरूमा त्यो आदर्श निष्ठा छैन । भन्नलाई सबैले लोकतनन्त्र र समाजवाद भन्छन्, व्यवहारमा त्यो पाइँदैन । बीपी कोइरालाको समाजवादी सिद्धान्त लागू नहुँदासम्म नेपालमा लोकतन्त्रको अनुभूति हुँदैन ।

बीपीको आदर्श र सिद्धान्त नेपाली कांग्रेसले पनि छोडिसकेको देखिन्छ । नेता भनेको आदर्शवादी हुनुपर्छ, मत कुनै वादी होइन उनले भने । यहाँ धेरै वादीहरू पछिल्लो समय आए । जसले नेपालको धर्म, संस्कृति, पहिचान, प्रतिष्ठा र इच्जत बच्ने प्रयास गरिरहेका छन् । कालिका महत