काठमाडौँ । नेपाल प्रहरी प्रतिष्ठान महाराजगञ्जको ११४ रोपनी ३ आना जग्गा सरकारले राष्ट्रपति निवासको नाममा नामसारी गरिदिएको छ । राष्ट्रपतिको कार्यालय परिसर थप पूर्वाधार विकास गरी सुविधा सम्पन्न बनाउनका लागि प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयका अनुसार मन्त्रिपरिषद्को भदौ २१ मा भएको निर्णयअनुसार सो जग्गा राष्ट्रपति निवासको नाममा गरिएको । राष्ट्रपति र उपराष्ट्रपति आवास सम्बन्धी अध्ययनको लागि मन्त्रिपरिषद्का सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा एक टोली गठन गरिएको थियो ।
सोही टोलीले पेश गरेको प्रतिवेदनको आधारमा प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा गर्न लागिएको बताइएको छ । यसअघि प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यलयलाई दिन लागिएको भन्दै चौतर्फि विरोध भएको थियो ।
प्रतिक्रिया