देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

७५ हजार कर्मचारीले भरे कर्मचारी समायोजन फारम

देशान्तर

काठमाण्डौ । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन झण्डै ७५ हजार कर्मचारीले अनलाइनमार्फत आफ्नो नाम दर्ता गराएका छन् ।

बुधबार राति १२ बजेसम्ममा झण्डै ७५ हजार कर्मचारीले समायोजनमा जान अनलाइन फारम दर्ता गरेको कर्मचारी समायोजन तथा संगठन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै कर्मचारीले स्थानीय तहमा समायोजन हुन फारम भरेका छन् । तीन लाख ४५ हजार २ सय २५ जनाले स्थानीय तह, ५८ हजार ६ सय २३ जनाले प्रदेश र ४६ हजार २ सय ७० जनाले संघमा समायोजन हुन फारम भरेका उनले जानकारी दिए ।

यस्तै ५ हजार भन्दा बढीले फाराम भरे पनि कुन तहमा जाने भनेर रोज्न बाँकी छ । सहसचिव पनेरुले समायोजन हुन आएका आवेदनका आधारमा आजैदेखि विवरण संकलन गरेर खटाइने कर्मचारीको तालिका बनाइने र त्यसको सेवा समूह सञ्चालन गर्ने जिम्मेवारी मन्त्रालयले लिने बताए।

मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ ।