देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कालोधनलार्इ सेतो बनाउन सेयर बजारको प्रयोग

देशान्तर

काठमाडौं । ‘एकजना व्यापारीले सेयर किन्न दुई करोड रुपैयाँ ल्याएर छाडिदिएको छ, अफिसमा पैसा राखेको छु,’ केही दिनअघि सेयर ब्रोकरको अनौपचारिक जमघटमा एक ब्रोकरले भने,‘पछि केही असजिलो पर्ने पो हो कि ? त्यसकै तनावमा छु।’ त्यस्तो कारोबार गर्दा आफू बचेर गर्नु भन्ने सुझाब आफूले दिएको अर्का ब्रोकरले बताए। लगानीकर्ताले ठूलो परिमाणमा नगद ल्याएर ब्रोकरलाई जिम्मा दिने गरेको यो पहिलो घटना भने होइन । ठूला व्यापारिक घराना, विदेशमा लगानी गर्दै आएका नेपाली, सेयर बजारका स्थापित खेलाडी र सरकारी कर्मचारीले यसरी ठूलो परिमाणमा सेयर खरिदमा रकम परिचालन गर्ने गरेका छन्।

उनीहरूले आफ्ना विश्वासका ब्रोकरलाई नगद भुक्तानी गर्ने गरेको सरोकारवाला बताउँछन्। ब्रोकरहरूका अनुसार त्यसरी आउने अधिकांश रकमको स्रोत खुल्दैन।  नगदमा हुने भुक्तानीको ठूलो हिस्सा करछली वा भ्रष्टाचारबाट आर्जित रकम हुन सक्छ। ‘यही बाटोबाट सम्पत्ति शुद्धीकरण गर्न सेयर बजारको प्रयोग गर्ने प्रवृत्ति अहिले बढेको छ,’ अर्का एक ब्रोकर भन्छन्, ‘पछिल्ला महिना सेयर बजार बढाउन यस्तो पैसाले पनि भूमिका खेलेको छ।’ 

अवैध व्यापार, करछली, भ्रष्टाचार र बिचौलियाका कामदेखि अन्य गैरकानुनी कार्यबाट कमाएको अनधिकृत सम्पत्ति आर्जन गर्ने व्यक्तिले आफ्ना विश्वासका सेयर ब्रोकरलाई नगद ल्याएर दिन्छन्। ब्रोकरले त्यो रकमबाट १० लाख रुपैयाँको सीमा ननाघ्ने गरी सेयर किन्दै जान्छन्।  किनभने, १० लाखभन्दा बढी रकमको कारोबार गर्दा स्रोत खुलाउनुपर्छ। त्यस्तो कारोबारको जानकारी राष्ट्र बैंकअन्तर्गतको वित्तीय सूचना इकाइलाई दिनुपर्छ। त्यसो हुँदा ब्रोकरले एक करोड रुपैयाँको सेयर किन्न हप्तौँ लगाउँछन्। ब्रोकरले प्राप्त नगद आफ्नो कम्पनीको खातामा जम्मा गर्छन् र अर्को ब्रोकरलाई चेकमै भुक्तानी दिन्छन्।  नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>