काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ । घरेलु क्रिकेटको सबै भन्दा ठुलो फ्रेन्चाईज प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
किर्तिपुरस्थित क्रिकेट मैदानमा आज हुने उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्सले प्रतिस्पर्धा गर्ने छन् । दिउँसो १ बजेबाट सुरु हुने खेलमा पारस खड्काको नेतृत्वमा विराटनगर र ज्ञानेन्द्र मल्लको ललितपुर सफलता हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्य सहित मैदानमा उत्रनेछन् ।
यस पटकको संस्करणमा अघिल्ला टिमहरु काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्र्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडीयट्र्स, चितवन टाइगर्स र पोखरा राइनोजले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया