काठमाडौं । ब्राजिलमा बैंक लुटपाट गर्न गरिएको आक्रमणमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ । बैंक लुट्नका लागि बन्धक बनाइएका पाँच जनासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
उत्तरपूर्वी ब्राजिलमा दुइ वटा बैंक लुटपाटको योजना बनाउँदै लुटेराहरुले पाँच जनालाई बन्धक बनाएका थिए । प्रहरीले लुटेरामा माथि गरेको जवाफी कारबाहीमा बन्धक बनाइएका एक नाबालकसहित पाँच जना र ६ जना अन्य व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मारिने छ जना लुटेरा समूहका हुन् या प्रहरी अधिकारी हुन् भन्ने खुलाइएको छैन । लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया