काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ता सकारात्मक दिशामा अगाडी बढेको बताउनु भएको छ ।
ट्रम्पले व्यापारबारे भएको सम्झौता कार्यान्वयनको दिशामा चीन निकै सकारात्मक रूपले अगाडी बढिरहेको बताउनु भएको छ । केही दिन अगाडी चिनियाँ राष्ट्रपति सी चिन पिङसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार विवादको समाधान हुने विश्वास आफुलाई रहेको बताउनुभयो ।
अर्जेन्टिनामा भएको सो भेटवार्ताका क्रममा सीले करवृद्धिका योजना तत्काल स्थगन गर्नेगरी अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने बताउनु भएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कारमा लाग्दै आएको कर घटाउने र तत्कालै अमेरिकी कृषिजन्य वस्तुको खरिद गर्ने चीनले प्रतिबद्धता व्यक्त गरेको धारणा सार्वजनिक गरेपनि त्यसका बारेमा चीनले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया