काठमाडौं । निर्माणको अन्तिम चरणमा पुगेको काठमाडौँको चक्रपथ निरीक्षणका लागि उच्च चिनियाँ प्रतिनिधिमण्डल आज नेपाल आउँदै छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको चक्रपथको निरीक्षणका लागि चिनियाँ प्रतिनिधिमण्डल आज नेपाल आउन लागेको चक्रपथ सुधार परियोजनाले जनाएको छ ।
परियोजनाका प्रमुख सुजन खनालले चक्रपथको अन्तिम निरीक्षण तथा अवलोकनका लागि चिनियाँ सरकारका वाणिज्यमन्त्रीको नेतृत्वमा प्राविधिकसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल आज काठमाडौँ आउन लागेको जानकारी दिनुभयो ।
तत्कालिन चिनिया राष्ट्रपति हु जिन्ताओको नेपाल भ्रमणका बेला चक्रपथ बिस्तारका लागि नेपाल सरकारले औपचारिक प्रस्ताव गरेको थियो । सोही प्रस्ताव अनुरुप चीन सरकारको अनुदान सहयोगमा चक्रपथ बिस्तार भएको हो ।
प्रतिक्रिया