काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । दिउँसो ३ बजेका लागि वैठक तय भएको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिनुभयो । बैठकमा सरकारका पछिल्ला गतिविधि, एसिया प्सासिफक समिटमा सरकारको संलग्नताका विषयमा छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण हिजोका लागि बोलाईएको बैठक स्थगित भएको थियो ।
एसिया प्रशान्त सम्मेलनलगायत सरकारका पछिल्ला गतिविधिप्रति नेकपामा सचिवालय तहका नेता अषन्तुष्ट बनेका छन् । एकीकरण प्रक्रिया विस्तार हुन नसकेको, पोलिट्ब्युरो गठन, केन्द्रीय सदस्यको कार्याविभाजन, स्थायी कमिटीको बैठक लगाएतका बिषयमा पनि आज छलफल हुने बताइएको छ ।
प्रतिक्रिया