काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट नेपाली चलचित्र ‘प्रसाद’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिज पाएका कारण पनि दर्शकको मन जित्नेमा निर्माण टिम आशावादि देखिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भए सँगै चलचित्र बजारमा प्रसादको चर्चा थप चुलिएको थियो ।
चलचित्रमा निश्चल बस्नेत, विपिन कार्की, नम्रता श्रेष्ठलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रले विवाह भइसके पश्चात पनि सन्तान नभएको र त्यसैकारण कारण आई परेका विभिन्न उतार चडावको कथा प्रस्तुत गरेको छ ।
प्रतिक्रिया