देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस जनसम्पर्क समिति राजदुत शेर्पाकाे बहिष्कार अभियानमा

देशान्तर

सिड्नी । अष्ट्रेलिया स्थित नेपाली जनसम्पर्क समितिले नेपाली राजदुत लक्की शेर्पामाथि मानव बेचविखनमा लागेको आरोपको निश्पक्ष छानबिन भई निर्दोष प्रमाणित नहुँदासम्म कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नगराउन अष्ट्रेलियामा सक्रिय महानुभाव र संघ संस्थाहरुलाई आह्वान गरेको छ । जनसम्पर्क समिति अष्ट्रेलियाका सुरेश पोखरेलले एक विज्ञप्ती जारी गर्दै शेर्पालाई सार्वजानिक कार्यक्रममा सहभागि नगराउनका लागि आह्वान गर्नुभएको हो ।

विज्ञप्तीमा भनिएको छ–‘ हाल अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको मानब वसार पसार सम्बन्धि लागेको आरोपको छानविनको लागि नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले पहिलो चोटी समाचार प्रसारण भएको भोलिपल्टै विज्ञप्ति जारी सम्बन्धित पक्षको ध्यान अकर्षण गराएको कुरा यहाँहरु सबैलाई स्मरण गराउन चाहन्छु। यस अभियानमा आफ्ना धारणा व्यक्त गरि र वक्तव्य मार्फ़त सहयोग गर्नुहुन् सम्पुर्ण नेपाली र विशेष गरी अष्ट्रेलियामा सक्रिय महानुभाव र संघ संस्थाहरुमा नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छ।’

जनसम्पर्क समितिले नेपाली काङ्रेस केन्द्रिय कार्यालयले निष्पक्ष र तत्कालाई छानबिनको माग गरेको विषयलाई स्वागत गरेको छ । विज्ञप्तीमा यस्तो संगिन आरोप लाग्दा समेत न्यायको सम्पादनको सामान्य सिध्दान्त अनुरूप छानबिन प्रकृयालाई सहज बनाउन आफै पद बाहिर बसि सहयोग गर्नु पर्नेमा यसो नभएको कारण नेपाल सरकारले राजदुत शेर्पालाई तुरुन्त फिर्ता बोलाई निष्पक्ष छानबिन मार्फत सत्य तथ्य बाहिर ल्याई दोषीहरु माथि कारबाही गरोस् भन्ने जोडदार माग गरिएको छ ।

प्रेस बक्तब्य

बिषय: राजदुत लक्की शेर्पामाथि लागेको आरोपको निश्पक्ष छानबिन भई निर्दोष प्रमाणित नहुँदा सम्म कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नगराउनु हुन ।

हाल अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको मानब वसार पसार सम्बन्धि लागेको आरोपको छानविनको लागि नेपाली जन सम्पर्क समिति अष्ट्रेलियाले पहिलो चोटी समाचार प्रसारण भएको भोलिपल्टै विज्ञप्ति जारी सम्बन्धित पक्षको ध्यान अकर्षण गराएको कुरा यहाँहरु सबैलाई स्मरण गराउन चाहन्छु। यस अभियानमा आफ्ना धारणा व्यक्त गरि र वक्तव्य मार्फ़त सहयोग गर्नुहुन् सम्पुर्ण नेपाली र विशेष गरी अष्ट्रेलियामा सक्रिय महानुभाव र संघ संस्थाहरुमा नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छ। यसै सन्दर्भमा नेपाली काङ्रेस केन्द्रिय कार्यालयले निस्पक्ष र तत्कालाई छानबिनको माग सहित जारी गरेको प्रेस बिज्ञप्तिको नेपाली जन सम्पर्क समिती स्वागत र समर्थन गर्दछ ।

यस्तो संगिन आरोप लाग्दा समेत न्यायको सम्पादनको सामान्य सिध्दान्त अनुरूप छानबिन प्रकृया लाई सहज बनाउन आफै पद बाहिर बसि सहयोग गर्नु पर्नेमा यसो नभएको कारण नेपाल सरकार ले निजलाई तुरुन्त फिर्ता बोलाई निश्पक्ष छानबिन मार्फत सत्य तथ्य बाहिर ल्याई दोषीहरु माथि कारबाही गरोस् भन्ने जोडदार माग गर्दछौ । निजमाथि लागेको आरोपको निश्पक्ष छानबिन भई निर्दोष साबित नहुञ्जेल सम्म निजलाई अष्ट्रेलिया स्थित नेपाली संस्थाहरु लाई कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागि नगराउनुहुन र यदि यसरी सहभागि गराईएमा अष्ट्रेलियाले प्रतिरोध गर्ने र यस्तो कुनैपनि प्रतिरोधको परिणामको जिम्मेवारी स्वयम् आयोजकले लिनुपर्ने समेत जानकारी गराउन चाहन्छौ। नेपाली जन सम्पर्क समिति सम्पुर्ण नेपाली समुदाय र विशेष गरि नेपाली जन सम्पर्क सँग आवद्ध र आस्थावान सवैलाई आरोपित लक्की शेर्पा सहभागी हुने सवै कार्यक्रम सक्रिय बहिष्कार गर्न अपील पनि गर्दछ।

जय नेपाल ।

सुरेश पोखरेल
अध्यक्ष, नेपाली जनसम्पर्क समिति,
अष्ट्रेलिया