देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रियाल, दिर्हाम र रिंगिटको भाउ घट्यो

देशान्तर

काठमाडौं । बुधबारको तुलनामा रियाल, दिर्हाम र रिंगिटको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०५ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र बिक्रिदर २७ रुपैयाँ २१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३६९ रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ७३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ ३० पैसा र बिक्रिदर २ सय ९९ रुपैयाँ ८९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।