काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैछ । आजको पहिलो खेल अन्तर्गत एनआईबीएल फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबचि प्रतिस्पर्धा भैरहेको छ ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा दुवै टोली जित निकाल्ने लक्षमा छन् । लिगको उपाधि दाबेदार विभागीय टिम आर्मीलाई फ्रेन्ड्सविरुद्व जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिने मौका छ । आर्मी ५ खेलबाट १३ अंक सहित तालिकाको चौथो स्थानमा छ ।
फ्रेन्ड्स ४ अंक सहित तालिकाको १० औ स्थानमा छ । आजै हुने दोस्रो खेलमा ब्रिगेड ब्वाईजले मछिन्द्रसंग प्रतिस्पर्धा गर्नेछ ।
पुछारका दुई टोली ब्रिगेड र मछिन्द्रलाई छैटौ चरणको खेलमा जित निकाल्दै अंक तालिका सुधार गर्ने अवसर छ । ब्रिगेड ३ अंक जोडेर १२ औ स्थानमा रहदाँ मछिन्द्र २ अंक जोडेर तालिकाको १३ औ स्थानमा छ ।
प्रतिक्रिया