काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ विजयी भएको छ । एन्फा मैदान सातदोबाटो ललितपुरमा आज भएको पहिलो खेलमा विभागीय क्लब एपीएफले न्यूरोड टिम एनआरटी माथि २–१ गोल अन्तरको जित निकालेको हो ।
जितसँगै ३ अंक जोडेको एपीएफ तालिकाको सातौं स्थानमा आएको छ । एनआरटीको यो लगाचार पाँचौ हार हो । जारी लिगमा एक खेल बराबरी गर्नु बाहेक अन्य सबै खेलमा एनआरटी पराजित भएको छ ।
पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेको एपीएफले निर्णायक गोल दोस्रो हाफमा गरेको हो । खेलको तेस्रो मिनेटमा नै युवराज खड्काको गोलमार्फत एपीएफले अग्रता बनाएको थियो । तर १५ औं मिनेटमा एनआरटीले खेल बराबरी र्गयो ।
उसका लागि राजेश परियारले गोल गर्न सफल भए । तर त्यसपछि दुबै टिमबाट गोल भएन र पहिलो हाफ एक एक गोलको बराबरीमा सकाएका थिए । दोस्रो हाफमा भने एपीएफ खेलमा फर्कन सफल भयो ।
प्रतिक्रिया