काठमाडौं । आगामी आइतबार हुने अन्तर प्रदेश परिषद्को बैठकको तयारी पूरा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बैठकको तयारी पूरा भएको कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीले जानकारी दिनुभयो ।
मुलुक सङ्घीयतामा गइसकेपछि पहिलो पटक सङ्घ र प्रदेशबीच बैठक हुन थालेको हो । संविधानको धारा २३४ मा सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न देहायबमोजिमको एक अन्तर प्रदेश परिषद् रहने व्यवस्था रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहने परिषद्मा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा.युवराज खतिवडा र सातवटै प्रदेशका मुख्यमन्त्री सदस्य रहेका छन् । सङ्घ र प्रदेश तथा प्रदेश–प्रदेशबीच देखिएका राजनीतिक विवादलाई समाधान गरिने सचिव मैनालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया