एजेन्सी- यो वर्ष बलिउड नायिकाहरुको विवाहले बलिउड फिल्म उद्योगमा ठूलै चर्चाको विषय बनेको छ। भर्खरै मात्र नायिका दीपिका पादूकोणले अभिनेता रणवीर सिंहँग विवाह गरेपछि बलिउडमा अहिले चर्चाको विषय बनेको छ।
‘दीपवीर’ले पनि आफ्नो विवाह दुइ पटकसम्म गरेका थिए, १४ नोभेम्बरमा कोकणि रीतिसँग पहिलो विवाह र १५ नोभेम्बरमा सिन्धी रस्मेसँग दोस्रो विवाह।यो जोडीले आफ्नो विवाहको पार्टी पनि दुई पटक दिएका थिए। एक पटक बैंगलोरमा अर्को पटक मुम्बइमा।
यता, नायिका प्रियंका चोपडाको विवाह पनि नजिकिँदै छ। तर विवाहअघि प्रियंका भने विदेशमा तीन चार शोमा सहभागी भइसकेकी छिन्। उनले आउँदो २ डिसेम्बरमा चर्चित अमेरिकन गायक निक जोनाससँग जोधपुरमा विवाह गर्दैछिन्।
यसअघि डिसेम्बर २०१५ मा रानी मुखर्जीले आदित्य चोपडासँग विवाह गरेकी थिइन्। फेब्रुअरी-मार्च २०१६मा तीन दिनमै प्रिटी जिन्टा तथा उर्मिला मतोण्डकरले एकै पटक विवाह गरेर सबैलाई चकित बनाइ दिएका थिए।
यसपछि ३० अप्रिलमा बिपासा बासुले पनि करण ग्रोबरसँग विवाह गरिन्। तर यसको पछि विवाह गर्ने नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहली धेरै नै हंगामा भएको थियो।
यस्तै अब मूख्य धारमा रहेकी अभिनेत्रीहरु तब्बु, अमीषा पटेल र सुष्मिता सेन विवाह गर्न बाँकी रहेकी छिन्। तीमध्ये तब्बु ४७ वर्षकी, अमीषा ४३ वर्षकी र सुष्मिता ४२ वर्षमा टेकीसकेकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार यिनीहरुको विवाह गर्ने उमेर नै निस्किसकेको छ।
तर पनि तब्बु र अमीषाको विवाहको लागि खासै चासो नदेखिए पनि सुष्मिताको भने सम्भावना धेरै नै रहेको छ। किनी सुष्मिताले आफूभन्दा १५ वर्ष कान्छा युवक ब्वाइफ्रेण्ड रोहमन शाललाई बनाएकी छिन्।
तर सुष्मिताको अफेयरलाई लिएर विक्रम भट्ट, रणदीप हुड्डादेखि लिएर बंटी सचदेव, मुद्दसर अजीजसम्म चर्चा चलेको थियो। काश्मिरी युवक रोहमान नैनीतालमा बस्दै आएका छन्। उनका आमाबुवा व्यावसायी हुन।
यसपछि अर्का विवाह गर्न सक्ने सम्भावना बोकेकी नायिका हन सोनाक्षी सिन्हा। सत्रुघन सिन्हाकी छोरी सोनाक्षीले सलमान खान, अक्षय कुमार तथा अजय देवगणसँग मिलेर केही हिट फिल्म दिए पनि अहिले भने चर्चामा आउन सकेकी छैनन।
सोनाक्षीले अब समलान खानसँग दबंग-३मा भूमिका निभाउन सक्छिन् भने आउने नयाँ वर्षमा बन्टी सचदेवासँग विवाह गर्न पनि सक्छिन्।बन्टी सलमान खानका भाई साहुल खानकी पत्नी सीमा खान सचदेव खानको भाई हो।
यस्तै नायिका आलिया भट्ट पनिसन् २०१९मा रणवीर कपूरसँग विवाह गर्न सक्छिन्।अलिया भट्ट अहिले २५ वर्षकी भइन्।उनको भविष्य निक्कै तीव्र गतिमा अगाडी बढिरहेको छ।
यस्तै अविवाहित अभिनेतीहरुमा प्रमुख नायिका कैट्रिना कैफ, कंगना रानावत, ज्याकलिन, श्रद्धा कपुर तथा परिणिति चोपडा पनि छिन्। तीमध्ये कसैले पनि विवाह नगरे पनि कैट्रिनाको विवाह गर्ने सम्भावना भने बलियो छ। किनकी उनी ३७ वर्षको भइसकिन्।
अब विवाह उनको लागि करियरभन्दा पनि महत्वपूर्ण भइसकेको छ। सलमान खानले पनि कैट्रिनालाई निक्कै मन पारउँछन्। उनीहरुको जोडी पनि अहिले सुहाउँदो रहेको भारतीय सञ्चार माध्यमहरुले उलेलेख गरेका छन्।
प्रतिक्रिया