देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोर्चुगलले पायो युरोकप २०१६ को उपाधि

देशान्तर

काठमाडौं । आफ्नो टिमका सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई सुरुमा नै गुमाएपनि पोर्चुगल युरो २०१६ को फाइनलमा फ्रान्सलाई हराउन सफल भएको छ र, पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधि जितेको छ । अतिरिक्त समयमा एइडरको गोलको मदतमा घरेलु टोलीलाई १–० ले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको हो । सोमबार विहान भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो । मिदित्री पयेटसंग ठोक्किएर घुाडामा चोट बोकेका उनी केहीबेरपछि रुादै स्ट्रेचरमा बसेर मैदानबाट बाहिरिएका थिए ।

तर, उपाधिको दाबेदार मानिएको फ्रान्सले रोनाल्डोको अनुपस्थितिलाई सदुपयोग गर्न सकेन । उसो त घरेलु टोली निर्धारित ९० मिनेटको खेलमा नै विजेता झण्डै बनेको थियो । तर, उसका रफायल गेनियाकको प्रहार पोष्टमा लाग्न पुग्यो । १०८ औं मिनेटमा पोर्चुगलका ग्यारेरोको फ्रिकिक पनि बारमा लोगर फर्कियो । तर, त्यसको एक मिनेटपछि नै एइडर गोल गर्न सफल भए ।

फ्रान्सका कोसेल्नीलाई विट गर्दै उनके करिव २५ यार्ड टाढाबाट बल हानेका थिए । र, फ्रान्सेली किपरले बलतर्फ डाइभ पनि हानेका थिए तर, बलले निकै लोभलाग्दोसाग जाली चुम्यो ।  खेलमा फ्रान्सले अन्य केही सुन्दर मौकाहरु पनि खेर फालेको थियो । उसका स्टारम्यान एन्टोनी ग्रिजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोकेका थिए ।

२००४ को उपविजेता पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको थियो । एकपछि अर्को खेलमा सुधार गरेको उसले फ्रान्सलाई हराएर पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेको छ । र, क्लब फुटबलमा सबै सफलता हात पारेका रोनाल्डोले अन्ततः देशका लागि ठूलो प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।

]]>