देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुख्खा बन्दरगाहको ठेकेदार सम्पर्कविहीन

देशान्तर

काठमाडौं । काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहको जग्गा खाली गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ ।हिमाल सिमेन्टको जग्गामा रहेका ठूला मेसिनरी तथा अन्य सामान हटाउने जिम्मेवारी लिएको निर्माण कम्पनी सुशम आदित्य विजय निर्माण प्रालि ५ महिनादेखि बेपत्ता हुँदा काम सुरु  हुन सकेको छैन । नेपाल इन्टरमोडल यातायात विकास बोर्ड प्रमुख लक्षण बस्नेतलते ५ महिनादेखि पटकपटक पत्राचार गरे पनि यसका सञ्चालक सुमन्त कोइराला सम्पर्कमा नआएको बताए ।

सञ्चालक कोइरालाको त्रियुगा नगरपालिका १ गाईघाटमा पटकपटक पत्र पठाइए पनि उनी सम्पर्कमा नआएको बस्नेतले बताएको  छ । बस्नेतका अनुसार एनआईडीसीले हिमाल सिमेन्टमा रहेका मेसिनरी सामानलगातका भवनहरु ६ महिनाभित्र हटाउन २०७१ असोजमा सुशमसँग सम्झौता गरेको थियो ।

एनआईडीसी डेभलेपमेन्ट बैंकमा हिमाल सिमेन्ट कारखानाको नाममा रहेको २६ करोड ऋणमध्ये १३ करोड रुपैयाँ मेसिनरी सामान लिलामी बिक्रीबाट उठाउने योजना छ । यस्तै थप १३ करोड भुक्तनी गरी हिमाल सिमेन्टको जग्गा सरकारले आफ्नो नाममा ल्याएको थिया । बस्नेतले भने तर अहिलेसम्म कुनै काम पनि भएको छैन ।

सुख्खा बन्दरगाह विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको हो । आजको कारोबार दैनिकमा समाचार छ ।

]]>