काठमाडौं । नेपाली कांग्रेस दोलखाका जिल्ला कार्यसमिति सदस्य एवं सेलो गायक स्व.अमृत लामाको बौद्ध परम्परा अुनसार आज अन्तिम दाहसस्कार गरिएको छ ।
शुक्रबार आफ्नै ट्रयाक्टरमा ढुंगा लोड गरेर जिल्लाको बुलुङबाट सोहीठाउँको भीरमुनीतर्फ जाँदै गर्दा दुर्घटनामा परि उनको घटना स्थलमै मृत्यु भएको थियो ।
मृतक लामाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज विहान नौ बजेदेखि १० वजेसम्म जिल्ला पार्टी कार्यालयमा राखिएको थियो । लामाको पार्थिव शरिरमा नेपाली कांग्रेस दोलखाका प्रभावशाली युवा नेता एवं महासमिति सदस्य बर्मा लामा, तरुणदलका पूर्व केन्द्रीय सचिव इश्वर नारायण मानन्धर, पूर्व पार्टी सभापति उद्धवराज काफ्ले र पार्टी सचिव सन्तोष रिमालले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा कांग्रेसका सयौं कार्यकर्ता विहानै जिल्ला पार्टी कार्यालय पुगेका थिए । श्रद्धाञ्जली कार्यक्रममा दोलखाका प्रतिनिधि तथा प्रदेश सभाका सांसदहरु पार्वत गुरुङ, पशुपति चौलागाई, बिशाल खड्का, पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल र पूर्व राज्यमन्त्री देवी खड्का लगाएतका नेताहरु कांग्रेस पार्टी कार्यालय पुगेका थिए ।
कांग्रेसबाट राजनीतिमा सक्रिय रहेका उनी गायन पेशामा पनि उतिकै सक्रिय थिए । उनले गाएका ‘पुरानो मायाँ’ र ‘दौतारी’ बोलको सेलो भाका अहिले पनि चर्चामा छन् । लामाको एक श्रीमति दुई छोरा र दुई छोरी छन् ।
प्रतिक्रिया