काठमाडौं । कलाकारिता क्षेत्रमा एउटा ठुलै सपना बुनेर प्रवेश गरेकी धादिङ खनियावास गाउँपालिका–५ की डोल्मा मनाङथेन तामाङ संस्कृति क्षेत्रका एक स्थापित कलाकार हुन् ।
तामाङ संस्कृतिको ‘म्हेन्दोमायाँ’बाट यस क्षेत्रमा प्रवेश गरेकी उनी सरल र मिजासिलो स्वभावकी एक सम्भावना बोकेकी कलाकार हुन् । पितापुर्खा मनाङ जिल्लाबाट धादिङ बसाई सरेपछि मनाङेको परिचय दिनका लागि पनि उनको नाम पछाडिको थरमा ‘मनाङथेन’ जोडेकी हुन् ।
निम्न माध्येमिक तहसम्म धादिङमै अध्ययन सकाएकी उनी माध्येमिक र उच्च शिक्षा अध्ययनका लागि राजधानी प्रवेश गरिन् । माध्येमिक शिक्षा अन्तरगत कक्षा नौँ मा अध्ययन गर्र्दैगर्दा उनले २०६२ मा एउटा म्यूजिक भिडियोमा काम गर्ने अवसर पाईन् ।
त्यो नै उसको लागि म्यूजिक क्षेत्रको पहिलो खुड्कीलो थियो । सेलो गायक प्रेम लोप्चनको गीति एल्बम ‘गाउँकी मैच्याङ नाचेको राम्रो डम्फु र टुङ्नाले’ मा उसले गरेको अभिनय दर्शक स्रोता धेरैले रुचाए ।
त्यसपछि आफुमा यसैक्षेत्रमा काम गर्न थप उर्जा मिलेको बताउँदै उनले विभिन्न दर्जनौँ म्यूजिक भिडियोहरुमा मुख्य भुमिकामा रहेर काम गरिनुको साथै तामाङ कथानक चलचित्र ‘कच्र्योला पोङ’मा सह–नायिकाको भुमिकामा काम गरिसकेकी छन् ।
पशुपति क्याम्पसबाट समाजशास्त्र र नेपाली पत्रकारितामा स्नातक गरेकी उनी रहरैरहरमा यस क्षेत्रमा हात हालेकी र राम्रै फापिरहेको बताउँछिन् ।
लेखन क्षमता पनि राम्रै रहेका उनी पत्रकारीता पेशामा पनि आवद्ध छिन् । आफ्नो कला र संस्कृति जर्गेनाका लागि भोलीका दिन यो पेशामा रहेर कथाले मागेजति जस्तो सुकै भुमिकामा रहेर आफु पर्दामा आउन तयार रहेको उनले बताइन् ।
विभिन्न स्टेज कार्यक्रमहरुमा पनि उनको राम्रै माग छ । वर्षमा दर्जनभन्दा वढि स्टेज कार्यक्रमहरुमा सहभागी हुने गरेको पनि उनले सुनाईन् । विदेशमा हुने दर्जनौँ स्टेज कार्यक्रमहरुमा पनि सहभागी जनाइसकेकी उनी अहिले पनि भ्याइनभ्याई छिन् ।
अहिलेसम्म कुनैपनि म्यूजिक कक्षाहरुमा कक्षा नलिएकी उनी कला ‘पढेर भन्दा परेर’ बढि सिक्ने अवसर पाउने बताउछिन् । आफ्नो भेषभुषा, सस्कार र संस्कृति जोगाउने भुमिकामा वढि पर्दामा देखिने उनी पारिवारिक सहयोग विना यस क्षेत्रमा केही गर्न नसक्ने बताउँछिन् । नयाँ कलाकारहरुलाई यस क्षेत्रमा सोचेर हात हाल्न सुझाउँछिन् ।
दर्जन अवार्डहरुबाट सम्मानित भइसकेकी उनी २०७३ मा ‘पब्लिक च्वाइस’ अवार्डबाट पनि सम्मानीत भइन् । तामाङ सस्कारका बारेमा राम्रै ज्ञान रहेकी उनले आफ्नो विवाह चाहीँ कहिले हुने भन्ने बारेमा मुख खोलिनन् । ‘हाम्रो सस्कारमा केटी माग्न जाँदा केटा पक्षबाट मान्यजनको साथमा ‘सगुन पोङ’ लाने चलन छ, त्यसरी लगेको ‘सगुन पोङ’ केटीले छोयो भने मात्रपनि हिन्दु संस्कारको विवाहमा सिन्दुर हाले बराबर हो ।’
उनले थपिन्, ‘यसरी माघि सकेको केटी अन्तै आफुखुशी विवाह गरेर गएभने सस्कार अनुसार खाइसकेको ‘सगुन पोङ’ फिर्ता गर्नुपर्नेहुन्छ,’ त्यो हाम्रो जातित्वको पुर्खादेखि नै चलिआएको सस्कार हो ।
त्यसैले मेरो विवाह पनि आफ्नै जातको केटासँग हुने बताउँदैँ उनले भनिन्, म यति जान्दुछकी कलाकारिताको माध्यमबाट कला, संस्कृति, संस्कार, भाषा र पहिचान संरक्षण गर्ने मेरो दायित्व हो ।
प्रतिक्रिया