काठमाडौं । बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर सर्वसाधारणका लागि खुला भएको छ। कम्पनीले सर्वसाधारणका लागि सय रुपैयाँ दरका एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निस्काशन गरेको हो।
आईपीओमा ५० कित्तादेखि एक हजार कित्तासम्म गर्न सकिने कम्पनीले जनाएको छ। आईपीओमा आउँदो सोमबारसम्म आवेदन दिन सकिने विक्रि प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ।
धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट देशैभरिबाट शेयरमा आवेदन गर्न सकिनेछ भने मेरो शेयरका प्रयोगकर्ताले अनलाईबाटै आवेदन दिन सक्नेछन्।
४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना तामाकोशी दोलखाको लामाबगरमा निर्माण भइरहेको जलविद्युत आयोजना हो। स्वेदेशी लगानीमै बनिरहेको आयोजना निर्माणको समय लम्बिदा लागत भने ३५ अर्बबाट बढेर ७० अर्बको हाराहारी पुग्ने अनुमान गरिएको छ।
यही पुसदेखि उत्पादन सुरु गर्ने लक्ष राखिए पनि आयोजनाबाट अर्को वर्षको कात्तिकदेखि मात्र व्यवसायिक विजुली उत्पादन सुरु हुने भएको छ।
प्रतिक्रिया