देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार ढल्न लागेपछि खेलकुदका एमाले आतंकित

देशान्तर

काठमाडौं । नेपाली राष्ट्रिय राजनीतिमा परिवर्तन भएसँगै नेपाली खेल क्षेत्र तरंगित हुने परम्परा नौलो होइन । पछिल्लो आठ वर्षयता नेपाली खेल क्षेत्रमा एकछत्र मण्डलेकरण गर्न सफल नेकपा एमालेका नेता तथा कार्यकर्ता यतिबेला भने आतंकित भएका छन् । वर्तमान केपी ओली नेतृत्वको सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएसँगै खेलकुदमा रहेका एमालेहरूको सातो गएको छ । विभिन्न खेल संघमा पनि अवैधानिक रूपमा एमालेकरण भइरहेको अवस्थामा एक्कासि सरकार परिवर्तनको चर्चा चलेपछि खेलकुदका एमालेहरू आतंकित भएका हुन् । 

पछिल्लो घटनाक्रमले सबैभन्दा बढी आतंकित हुनेमा अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र कुनै बेला सुन काण्डमा परेका राखेप उपाध्यक्ष लामा टेण्डी शेर्पा रहेका छन् । उनीहरूले आफ्नो पार्टी सरकारमा भएको मौका छोपेर अवैधानिक ओलम्पिक कमिटीलाई पनि वैधानिक भएको नौटंकी गरेर नेपाली खेल क्षेत्रमा मनपरी गर्न भ्याइरहेका छन् । 

यतिबेला उनीहरूको ध्यान रियो ओलम्पिक्समा लैजाने पदाधिकारीको टुंगो लगाउनमा केन्द्रित रहेको छ । ओलम्पिक कमिटीका अधिकांश पदाधिकारी यतिबेला उद्घाटन र समापन समारोहको टिम तयार गरेर रियो जाने तयारीमा छन् । तर तत्काल सरकार परिवर्तन भयो भने रियो जाने योजना तुहिने हो कि भनेर उनीहरू थप आतंकित भएका हुन् । तर यति नै बेला सरकार परिवर्तन भएर अवैधानिक कमिटीविरुद्धको पुरानो फाइल पल्टियो भने उनीहरूलाई विमानस्थलबाटै फर्काउन सकिने सम्भावना पनि छ । त्यसले पनि उनीहरूलाई थप आतंकित बनाएको छ । 

सर्वोच्च अदालतले सात वर्षअगाडि नै उनीहरू अहिले क्रियाशील रहेको नेपाल अ‍ोलम्पिक कमिटीलाई अवैधानिक ठहर गरिसकेको छ । त्यसैले उनीहरूले कार्यपालिकामा प्रभाव जमाएर त्यो विषयलाई थन्काउन सफल भए पनि अर्को सरकार बन्नेबित्तिकै त्यो फाइल खुल्ने पक्कापक्की छ । त्यसैले पनि उनीहरूलाई थप आतंकित बनाएको छ । 

विभिन्न खेल संघमा उनीहरूले गरेको अवैधानिक हर्कतमात्र होइन खेलका नाममा भइरहेका अधिकांश झेल कम्तीमा यो सरकार परिवर्तनसँगै समाप्त हुने भएपछि उनीहरूको होस उडेको हो । राखेपको नेतृत्वमा पनि असर पर्ने भएका कारण पनि एमालेका खेल नेताहरू यतिबेला तनावमा देखिएका छन् । हिजो सरकार परिवर्तन हँुदा राखेपबाट युवराज लामा हट्नुपर्छ भनेर नाराबाजी गर्ने लामा टेण्डी शेर्पाले अबको परिवर्तित राजनीतिमा के उपाध्यक्ष पद के गर्ने हुन् त्यो पनि हेर्न बाँकी नै छ । खेल क्षेत्रमा भइरहेको एमालेको मण्डलेकरण रोकिने र नयाँ राजनैतिक परिस्थिति देखा पर्ने भएका कारण पनि खेल क्षेत्र तरंगित भएको हो ।

 

]]>