मुम्बई। बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण विवाहको तयारीमा जुटेका छन् । यी दुईको विवाह दुई दिन दुई फरकफरक रीतिअनुसार १४ नेभेम्बरमा हुने भएको छ । यी दुईले दक्षिण भारतीय रीतिअनुसार मुख्य विवाह १४ नोभेम्बरमा गर्नेछन् । दीपिका दक्षिण भारत कर्नाटककी भएकीले उनले आफ्नो विवाह दक्षिण भारतीय परम्परानुसार गर्न लागेकी हुन् ।
यता रणवीर सिंह पञ्जावका हुन् । उनी आफ्नो विवाह पञ्जावी रीति रिवाजले गर्दै छन् । सोही कारण उनको उत्तरी भारतीय रीतिअनुसार १५ नोभेम्बरमा दीपिकासँग फेरि विवाह हुनेछ । यसरी, एउटै विवाह दुई दिनमा दुई रीतिअनुसार गरिने भएको छ ।
आफूहरूको विवाह अब १८ दिनपछि हुने भएकाले यी दुईले सबै काम छाडेर विवाहको तयारीमा जुटेको बताएका छन् । मुख्य विवाहमा पारिवारका सदस्यबाहेक बलिउड फिल्ममा साह्रै थोरै सिनेकर्मी मात्र सहभागी हुनेछन् । विवाहपछि भव्य पार्टीमा सम्पूर्ण सिनेकर्मीलाई उनीहरूले निम्ता गर्दै छन् । त्यो निम्ताको तयारीमा पनि यी दुई जुटिसकेका छन् ।
यसरी दुई दिनसम्म हुने विवाहमा यी दुईले बलिउडका जम्मा चार जनालाई अहिलेसम्म निम्ता गरेको समाचार छ । जसअनुसार शाहरुख खान, सञ्जयलीला भन्साली, आदित्य चोपडा र फराह खान भने यी दुईको विवाह रीतिमा सहभागी हुने भएका छन् ।
प्रतिक्रिया