देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा

देशान्तर

काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा  अर्थात गुरु पूर्णिमा । आजको दिन आफूलाई शिक्षा दिक्षा दिने गुरूजनप्रति श्रद्धा भक्तीभाव प्रकट  गरी गुरुपुर्णीमा मनाइँदै छ । गुरुपुर्णीमालाई वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका रुपमा  पनि मनाउने गरिन्छ ।

वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई नै गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको छन् ।

संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । नेपाली शब्दकोषमा गुरु शब्दको विग्रह गर्दा गिरति अज्ञानं इतिः गुरु अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो भनिएको छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ । 

]]>