देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुशासन समितिमा अख्तियार प्रमुखलाई डाकियो

देशान्तर

काठमाडौं । व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको आइतबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तलाई बोलाइने भएको छ ।
 
समितिको आजको बैठकमा सांसदहरुले अख्तियारका प्रमुखलगायत पदाधिकारीलाई बोलाएर छलफल गराउन माग गरेपछि सभापति मोहनसिंह राठौरले आइतबारको बैठकमा बोलाउने निर्णय सुनाए ।
 
“आइतबार अख्तियार पदाधिकारीसँग छलफल गरेपछि आवश्यक परे उपसमिति बनाएरै काठमाडौँ विश्वविद्यालयमा अख्तियारका प्रतिनिधिको उपस्थितिमा स्नातकोत्तर तहको परीक्षामा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण भएको भनिएको अनियतितता विषयमा छानबिन गरिनेछ”– उनले भने ।
 
बैठकमा सांसदहरु अकवाल अहमद साह, अमनलाल मोदी, नारायणप्रकाश साउद, महेश आचार्य, सुशीला नेपाल, मिलनकुमारी राजवंशी, हर्कबोल राई, कृपासुर शेर्पा, अम्बरबहादुर थापालगायतले अख्तियार पदाधिकारीलाई नै बोलाएर विश्वविद्यालयको परीक्षामा भएको अनियमितताका विषयमा छलफल गराउन माग गरेका थिए ।
 
समितिको आजको बैठकमा काठमाडौँ विश्वविद्यालयका कुलसचिव डा भोला थापा, डीन नरेन्द्रबहादुर राणा र कानुनी सल्लाहकार निरञ्जन आचार्यलाई बोलाई विश्वविद्यालयको स्नातकोत्तर तहको परीक्षामा अख्तियारका प्रतिनिधिको उपस्थितिमा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन एवम् उत्तरपुस्तिका परीक्षण गरिएको विषयमा छलफल भएको समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
 
“समितिको आजको बैठकमा विश्वविद्यालयका पदाधिकारीले पहिले तयार पारेको प्रश्नपत्र थन्क्याएर अख्तियार प्रतिनिधिकै उपस्थितिमा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण गराउन लगाएको बताउनुभयो”– उनले भने ।

]]>