काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) लगायत दलका तर्फबाट प्रधानमन्त्री ओलीविरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
नेपालको संविधानको धारा २९८ को उपधारा १३ एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम १६० को उपनियम ४ बमोजिम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अविश्वासको प्रस्ताव सदन समक्ष आजपेस गरेका हुन् । सो प्रस्तावमा २८१ सांसद्को हस्ताक्षर रहेको सभामुख ओनसरी घर्तीले जानकारी गराइन् ।
छलफलका लागि तीन दिन
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावमा छलफलका लागि यही साउन ७, ८ र ९ गतेको समय तोकिएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आज पेस गरेको सो प्रस्तावमा सभामुख ओनसरी घर्तीले ती दिन तोक्नुभएको आजको बैठकमा जानकारी गराइन् ।
यसैबीच विगतका संसद्को बैठकमा मन्तव्य दिएर बहिष्कार गर्दै आएको आन्दोलनरत मधेसी मोर्चाका सांसदले आज बैठकमा भाग लिए ।
]]>
प्रतिक्रिया