काठमाडौं । लस भेगस प्रहरीले क्रिष्टियोनो रोनाल्डोमाथि लागेको बलात्कारको आरोपमा फेरि अनुसन्धान सुरु गरेको छ ।
क्याथरोन मायोगाले रोनाल्डोमाथि आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । २००९ मा रोनाल्डोले एक होटलमा आफूलाई बलात्कार गरेको उनको दाबी छ ।
क्याथरिनले लस भेगास प्रहरीमा त्यसबेला नै उजरी पनि दिएकी थिइन् । तर, २०१० मा रोनाल्डोसँग ३ लाख ७५ हजार डलरमा यो विषयलाई बाहिर नल्याउने सहमति भयो ।
उनका कानुनी सल्लाहकार अब यो सहमतिलाई अस्वीकार गर्ने बाटो खोजिरहेका समाचार जर्मन एक पत्रिकाले मात्र छापेको छ ।
प्रतिक्रिया