देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेविसंघ महाधिवेशनलाई कांग्रेसले बल्ल बनायो निर्देशक समिति

देशान्तर

काठमाडौं । नेपाल बिद्यार्थी संघको ११ औं महाधिवेशनको उदघाटन हुन १३ दिन बाँकी रहदा  पार्टीका तर्फबाट आज निर्देशन समिति बनाएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले संघको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई यथासक्य सहयोग पु¥याइ आवश्यक निर्देशन समेत गर्न नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जित) को धारा २४ (६) बमोजिम निर्देशन समिति बनाएका हुन ।

निर्देशन समितिका संयोजकमा पार्टीका केन्द्रीय डा. प्रकाशशरण महत रहेका छन् । उनको संयोजकत्वमा केन्द्रीय सदस्यहरु तथा नेबिसंघका पूर्व अध्यक्षहरु किशोरसिंह राठौर, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेका छन् । सभापति देउवाले पार्टी सभपातिमा निर्वाचित भएसंगै निर्देशक समितिको संयोजकको जिम्मा नेता प्रकाशरण महतलाई दिएका थिए ।

तर लामो समय  सम्म निर्देशक समितिले पुर्णता  पाउन नसकेपछि गतसाता बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा  समेत  यो बिषय उठेको थियो । केन्द्रीय समितिले दुई दिन भित्र निर्देशक समिति बनाउन निर्णय पनि गरेको थियो । तर हिजो अर्थात आइतवार निर्देशक समिति बनेको जानकारी पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जानकारी गराएका हुन् । 

 

]]>