देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वप्रधानमन्त्रीलाई समेत आर्थिक सहयोग

देशान्तर

काठमाडौं । सरकारले आर्थिक वर्षको अन्तिम महिना असारमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित विभिन्न व्यक्तिहरुको उपचारका लागि ६४ लाख रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमनत्री चन्दले सरकारबाट उपचार गर्न असार महिनामा पाँच लाख पाएका छन् ।

केपी ओली नेतृत्वको सररकाले आर्थिक वर्ष सकिने अन्तिम महिना असार महिनामा आफू निकट व्यक्ति र संघसंस्थालाई ठूलो मात्रामा आर्थिक सहायता दिएको छ ।

पूर्वप्रधानमन्त्री चन्दालाई स्वास्थ्य  मन्त्रालयको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरे अनुसार पाँच लाख रुपैयाँ उपचार खर्च निकासा गर्ने निर्णय गरिएको हो । यस्तै सरकारले एमाले निकट कानुन व्यवसायी संघलाई असार महिनामा पाँच लाख रुपैयाँ उपलव्ध गराएको छ । आजको अन्नपूर्णमा समाचार छ ।

 

]]>