देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यू-१९ एसिया कप : नेपाल समूह चरणबाटै बाहिरियो, अफगानिस्तानसंग ३ विकेटले पराजित

देशान्तर

काठमाडौं । नेपाल बंगलादेशमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार टेष्ट राष्ट्र अफगानिस्तानसंग ३ विकेटले पराजित हुँदै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो ।

क्रिरा शिख मैदानमा नेपालले दिएको १३२ रनको लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । अफगानिस्तानका लागि कप्तान रहमानउल्लाह गुर्बाजले २६ रन जोड्दा अजमातुल्लाह ओमरजाईले २३ रन जोडे । नेपालका सुर्य तामाङले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बलमा अलआउट हुँदै १३१ रन बनाएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले ४९ रन जोडपनि टोलीको उच्च स्कोर बन्न सकेन । रोहित मात्र १ रनमा अर्धशतक बनाउन चुकेका थिए । यस्तै नेपालका लागि राशिद खानले २९ तथा कप्तान आसिफ शेखले २० रन जोडे । ऋत गौतमले १० रन जोड्दा नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले ४ विकेट लिए । कैस अहमद र अब्दुल रहमानले २र२ विकेट लिए । अब नेपालले मंगलबार युएईसंग खेल्ने छ । अंक तालिकामा नेपाल र युएईले खाता खोल्न सकेका छैनन् । भारत र अफगानिस्तान समान ४-४ अंक जोडेर सेमिफाइनलमा प्रवेश गरेको छ ।