देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आकर्षक निकायमा सरुवाको माग गर्दै एक हजार निवेदन

देशान्तर

काठमाडौं । निजामती सेवाका सयौं कर्मचारीले यतिखेर आकर्षक निकायमा सरुवा भएर जान ठूलो दौडधुप थालेका छन् । सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अन्तरमन्त्रालयस्तरको सरुवाका लागि आवेदन मागेसँगै सयौं कर्मचारी आकर्षक निकायमा जान दौडधुपमा लागेका हुन् ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार अधिकांश कर्मचारीले आकर्षक मानिएका संघीय मामिला ताथ स्थानीय विकास, अर्थ, भौतिक पूर्वाधार, गृह, श्रम तथा रोजगार मन्त्रालय र मातहतका निकायमा सरुवाका लािग सामान्यमा निवेदन दिएका छन् । निवेदन दिनेमा ७० प्रतिशत राजपत्र अनंकित का र बाँकी ३० प्रतिशत अधिकृत र उपसचिवस्तरका छन् । हाल सामान्यले विभिन्न मन्त्रालय र निकायमा रहेका कार्यालय सहयोगीदेखि उपसचिवस्तरका कर्मचारीको सरुवा गर्ने तयारी गरेको छ ।  

निजामती सेवा एनअनुसार सामान्य प्रशासन मन्त्रालये प्रत्येक वर्षको साउन महिनामा अन्तरमन्त्रालयस्तरका कर्मचारी सरुवा गर्ने गर्छ । सोहीअनुसार सामान्यले गत ३ साउनमा अनलानई प्रणलीमार्फत कर्मचारीसँग सरुवाका लागि निवेदन आहृवान गरेको थियो । सामान्य प्रशासन मन्त्रालयकी प्रवक्ता नीता पोखरेल अर्यालले मंगलबारसम्म एक हजारभन्दा बढी कर्मचारीले सरुवा माग गर्दै निवेदन दिएको जानकारी दिइन् । मन्त्रालयका अनुसार निवेदन दिएकामध्ये ९० प्रतिशतले अर्थमन्त्रालय मातहतका निकायमा सरुवा मागेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>