काठमाडौं । यु-१८ महिला साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल आज (शुक्रबार) पाकिस्तानविरुद्ध मैदान उत्रिँदैछ । भुटानको चाङ्लीमिथाङमा हुने खेलमा नेपालले पहिलो प्रतिद्वन्दीका रुपमा पाकिस्तानलाई पाएको हो ।
नेपाल र पाकिस्तान समूह चरणको पहिलो खेल दुवै टोली आ-आफ्नो पक्षमा पार्ने तयारीका साथ मैदान उत्रिनेछ । भने नेपालले पाकिस्तानलाई पछि पार्दै अघिल्लो चरण पुग्ने सम्भावना कायम राख्ने लक्ष्यका साथ खेल्नेछ । साफ च्याम्पियनसिपको दुई महिनाको तयारी पछि महिला टोली भुटान गएको हो भने समूह “बि” मा रहेको नेपालले दोस्रो खेल बंगलादेशविरुद्ध अक्टोबर २ मा खेल्नेछ ।
यु-१८ महिला टोली
गोलकिपर– अन्जना राना मगर, उषा नाथ, कविता राई, डिफेन्डर– निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा राना मगर, मिडफिल्डर– सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती, स्ट्राइकर– रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा
प्रतिक्रिया