देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पीडितलाई तत्काल उद्धार, राहत दिन काँग्रेसको आग्रह

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसले केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न जिल्लामा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुुर देउवाले आज एक विज्ञप्ति जारी गरी बाढी पहिरोबाट मृत्यु भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विस्थापित परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

बेपत्ताको तत्काल खोजी गर्न, मृतक र विस्थापित हुन पुगेका पीडितको यकिन तथ्याङ्क सार्वजनिक गर्न तथा मृतकलाई क्षतिपूर्ति तथा विपद्मा परेका पीडित परिवारलाई तत्काल उद्धार, राहत र सहयोग पुर्याउन काँग्रेसले सरकारसमक्ष आग्रह गरेको छ ।
    
साथै, काँग्रेसका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवम् शुभेच्छुक सङ्घ संस्थालाई पनि पीडित परिवारको उद्धार र राहत कार्यमा आवश्यक सहयोग पुर्याउन पार्टी सभापति देउवाले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
    
घटनाबाट हजारौँको सङ्ख्यामा मानिस विस्थापित हुन पुगेको, हजारौँ हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको, अधिकांश सडक मार्ग अवरुद्ध भई यातायात प्रभावित भएकोप्रति पनि काँग्रेसको ध्यानाकर्षण भएको जनाएको छ । 

]]>