काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि सिङ्गापुर पुगेका छन् । दाहाल बुधवार साँझ पत्नी सीतासहितसिंङ्गापुर गएका हुन् ।
यसअघि उनको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको फलोअपका लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
सीता मधुमेह, उच्च रक्तचापबाट पीडित छिन् । उनका साथमा छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत त्यसतर्फ गएका छन् ।
नेपालमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको थियो । केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गत असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो । माउन्ट एलिजावेथ अस्पतालमा उपचारपश्चात् उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो ।
प्रतिक्रिया