काठमाडौं । हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिंबाचियालाई डेंगू रोग लागेको छ । डाक्टरको सल्लाह अनुसार दुवैजना अस्पताल भर्ना भएका छन् ।
भारती र हर्षको स्वास्थ्य केही दिनदेखि खराब थियो । परिक्षण गराउदा डेंगूको लक्षण देखिएपछि उनीहरु अस्पताल भर्ना भएका हुन् । उनीहरु मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् ।
दुवैजनालाई स्वास्थ्यमा सुधार नभएसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने डाक्टरहरुले बताएका छन् ।
प्रतिक्रिया