देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बङ्गबन्धु गोल्डकप : नेपालको पहिलो भेट ताजकिस्तानसँग

देशान्तर

काठमाडौँ । यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजकिस्तानसँग खेल्ने भएको छ । खेल तालिकाअनुसार समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल असोज १६ गते ताजकिस्तान र दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजाकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । नेपाली खेलकुद टोली असोज १५ गते बङ्गलादेश प्रस्थान गर्नेछ ।

ए डिभिजन लिग प्रभावित हुने 

यसैबीच पाँच वर्षको अन्तरालमा हुन लागेको ए डिभिजन लिग भने बङ्गबन्धुको सहभागितासँगै केही समयका लागि स्थगित हुने सम्भावना देखिएको छ । ए डिभिजन लिग असोज १३ गतेदेखि शुरु हुँदैछ भने बङ्गबन्धु गोल्डकपमा नेपालको राष्ट्रिय टोलीले असोज १५ देखि २६ गतेसम्म सहभागिता जनाउनेछ । राष्ट्रिय टोलीका खेलाडी ए डिभिजनका छ क्लबमा आबद्ध छन् ।