देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

११ न्यायाधीशको सपथ ग्रहण आज

देशान्तर

काठमाडौं । संसदको संसदीय सुनुवाई बिषेश समितिले नाम अनुमोदन गरेपछि आज सर्वोच्च अदालतका लागि  ११ न्यायाधीशहरुले सपथ ग्रहण गर्दैछन्।सुनुवाइ समितिले नाम अनुमोदन गरेसंगै नियुक्तिका लागि  राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको सिफारिस अनुसार राष्ट्रपतिले आजै नियुक्ति गरेपछि सपथ ग्रहण गराइनेछ।

 नवनियुक्त ११ न्यायाधीशलाई सोमबार बिहान १० बजे शीतलनिवासमा एक कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीले सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।  ११ न्यायाधीशको नियुक्तिसँगै सर्वोच्चमा प्रधानन्यायाधीशसँगै स्थायी न्यायाधीशको संख्या २० पुगेको छ। यस्तै पहिलो पटक सर्वोच्चमा महिला न्यायाधीशको संख्या तीन पुगेको छ।  

सर्वोच्च अदालतको न्यायाधीशका लागि पुनरावेदन अदालतका मुख्य न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको छ। यसैगरी वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्लको नाम पनि समितिले अनुमोदन गरेको छ।

 

]]>