काठमाडौं । बर्षेनी हजारौँ युवाहरु रोजगारीका लागि विदेशीन बाध्ये छन् । स्वदेशमा राम्रो रोजगारीको अवसर सृजना नभएपछि नेपाली युवाहरु आफ्नो उर्जावान समय परदेशमा विताउन बाध्येछन् ।
कतिले विदेशमा राम्रो रोजगारी नपाएर फर्कनुपरेको उदाहरणहरु पनि धेरैछन् । कितले ज्यानै गुमाउने गरेका कयौँ उदाहरण छन् । बेलाबेलामा परदेशमा १० नंग्रा खियाउने र ४० डिग्रीको घाममा पसिना चुहाउँने ति मनहरुको पिडाका वेदनाहरु पोखिएका नेपाली गीतसंगीत अनेकौँ कोणहरुबाट आउने गर्दछन् । यस्ता गीतसंगीतले उनीहरुको वास्तविक जीवनमा थोरै भएपनि स्वदेश मोह र अलिकति भएपनि दुखेको मनमा मलहम लगाउन मदत पुग्दछन् ।
बजारमा अहिले छुट्टै एउटा यस्तै मर्मस्पर्शी गीत युट्युवमा तपाइले पनि सर्च गर्न सकिनेछ । परदेशी मन र परदेशीका परिवारहरुको कथा, ब्यथा, दुख र मर्मसँग जोडिएका छुट्टै मार्मीक ‘मेरो मनको राजा’ गीत सार्वजनिक भएको छ ।
नेपाली काँग्रेसका युवा तथा प्रभावशाली नेता, नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीको दमदार शब्द रहेको उक्त गीत भर्खरै बजारमा आएको हो ।
अति नै मार्मिक र कारुणीक शब्दहरुले ओतप्रोत भरिएको उक्त गीतमा चर्चित गायिका टीका प्रसाईको स्वर रहेको छ । गीतमा नवउदयमान संगीतकार रेखा पौडेलले संगीत दिएकी छन् । म्यूजिक भिडियोको निर्देशन राजिव गुरुङले गरेका हुन् भने गीतमा नायिका तथा मोडल नम्रता सापकोटा र सञ्चारकर्मी एवम् मोडल विवेकसिंह ठकुरीलाई फिचरिङ गरिएको छ ।
को हुन् शब्द रचनाकार ?
भूपेन्द्रजंग शाही सञ्चारमाध्याममा कुनै न कुनै रुपमा छाइरहने नाम हो । नेपाली कांग्रेसको तर्फबाट कालिकोटमा दुई पटक सांसदको उम्मेदवार भइसकेका शाही बहुप्रतिभाका धनि छन् ।
उनी नेपाल तरुण दलको बर्तमान महासचिव हुन् भने राजनीति भन्दा बाहिर उनी साहित्य र संगीतमा पनि त्यतिकै सक्रिय छन् । यसअघि पनि उनका गीतहरु रेकर्ड भईसकेका छन् । उनको तराजुमा माया र लासहरुको वस्ती गजल संग्रह प्रकाशित भएको छ ।
उनको ‘बन्दीगृह’ उपन्यास, नेपाल विद्यार्थी संघको विगत र वर्तमान तथा नेपाली कांग्रेस प्रशिक्षण पुस्तिका पनि प्रकाशित छन् । ‘सुन्दर कालिकोट, समृद्ध कालिकोट’ को लेखन तथा सम्पादन गरेका शाहीले ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस’ वृत्तचित्रको लेखन तथा निर्देशन गरेका थिए ।
भिडियो :
https://youtu.be/xQhqfXcCeAc?t=267
प्रतिक्रिया