देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विधिसम्मत ढङ्गले निर्णय लिन देउवालाई पौडेल पक्षको आग्रह

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले महत्वपूर्ण विषयमा विधिसम्मत ढङ्गले निर्णय लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

वरिष्ठ नेता पौडेल पक्षधर नेताहरुको आज अनामनगरमा बसेको बैठकले पार्टी र सरकारका विषयमा निर्णय लिँदा पार्टीभित्र विधिसम्मत र चित्तबुझ्दो ढङ्गले सबैलाई समेटेर निर्णय प्रक्रियामा पुग्न आग्रह गरेको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
    
बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा रामशरण महत, डा शेखर कोइरालालगायतका नेता सहभागी भएका थिए ।

पार्टीका तर्फबाट मन्त्रिमण्डलमा सहभागिता जनाइँदा आफ्नो पक्षको सम्मानजनक सहभागिता नभए नजाने पक्षमा ती नेताहरु रहेको बताइएको छ ।

 

]]>