काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप नयाँ एटिआर–७२–५०० विमान भित्र्याएको छ । मङ्गलबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेका नाइन एन–एएलएन विमानसँगै यतिका अब तीन वटा एटिआर विमान भएका छन् ।
उक्त विमान फ्रान्सको टुलुस शहरबाट इटाली, इजिप्ट, मस्कट हुँदै काठमाडौँ ल्याइएको कम्पनीले जनाएको छ । थपिएको एटिआर विमान हालका गन्तब्यबाहेक भद्रपुर तथा निकट भविष्यमै पोखरा सेवा दिने यति एयरलाइन्सका वरिष्ठ प्रवन्धक तथा प्रवक्ता भीमराज राईले जानकारी दिए । यतीको एटिआर विमानले हाल विराटनगर, भैरहवा, नेपालगञ्ज उडान भर्दै आएको छ ।
यती एयरलाइन्सको थपिएका तीन वटा एटिआर–७२–५०० र ६ वटा बिएई जेटस्ट्रीम ४१ विमानले उडान भर्नेछन् । नयाँ एटिआरले आवश्यक प्रक्रिया पूरा गरी अबको १५ दिनभित्र उडान शुरु गर्ने जनाइएको छ ।
प्रतिक्रिया