काठमाडौं । झापामा पहिलो पटक सामुदायिक वनस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।कन्काइ नगरपालिका–१ मा रहेको प्रजापति सामुदायिक वन उपभोक्ता समूहले जिल्लामा रहेका ५९ वटा सामुदायिक वन उपभोक्ता समितिलाई समेटेर फुटबल प्रतियोगिता गर्न लागेको हो ।
सामुदायिक वन उपभोक्तालाई समेटेर गर्न लागिएको यो प्रतियोगिता नेपालमै पहिलो भएको प्रजापति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यकुमार थापाले बताए ।
यही असोज १३ गतेबाट सुरु हुने प्रतियोगिता ३० गतेसम्म चल्ने छ । प्रतियोगिता विजेतालाई १ लाख ११ हजार १ सय ११, दोस्रो हुनेलाई ७५ हजार ५ सय ७५ रुपैयाँ र तेस्रो हुनेलाई ४१ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।
प्रतिक्रिया