देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यू १९ एकदिवसीय क्रिकेट : अफगानिस्तानले नेपाललाई दियो २४५ रनको लक्ष्य

देशान्तर

काठमाडौँ । भारतको लखनउमा जारी यू १९ एकदिवसीय क्रिकेटमा अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको छ ।
टस जितरे पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको थियो ।

अफगानिस्तानका लागि रियाज हसनले शतकीय पारी खेल्दै ११६ रन बनाएर नट आउट रहे । १४९ बल खेलेका हसनले १२ चौका तथा २ छक्का प्रहार गरेका थिए । बसिर खानले ३२, आरिफ खानले २४ तथा इजाज अहमदले १९ रन जोडेका थिए । नेपालका पवन शर्राफ, सागर ढकाल र मोहम्मद समसेदले समान दुई दुई विकेट लिएका थिएभने रसिद खानले १ विकेट लिए ।

भारतका दुई तथा नेपा ल र अफगानिस्तान सहित ४ टिम सहभागी प्रतियोगितामा नेपाल र अफगानिस्तान तेस्रो स्थानका लागि भिडेका हुन् । नेपाल भारतका दुवै टिमसँग पराजित भएको थियो भने अफगानिस्तान भारतका दुबै टिम र नेपालसँग पनि पराजित भएको थियो ।