देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यू-१९ क्रिकेट : अफगानिस्तानविरुद्ध नेपाल २५ रनले विजयी

देशान्तर

काठमाडौं । भारतमा जारी यु-१९ एक दिवसिय सिरीजमा नेपालले पहिलो जित हात पारेको छ । लखनउस्थित एकना स्टेडियममा भएको खेलमा नेपालले दिएको १९० रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १६४ रनमात्रै बनाउन सक्यो ।

अफगानिस्तानका लागि १६४ रन बनाउने क्रममा अहमद मेहराले सर्वाधिक ५७ रन बनाए भने रेअज हसनले ३८ तथा अब्दुल रहमान रहेमानीले ३७ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । त्यस्तै, अफगानिस्तानलाई १६४ रनमा समेट्न नेपालका सागर ढकालले सर्वाधिक ४ विकेट लिए । कमलसिंह ऐरी र रसिद खानले समान २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो । नेपालका लागि पवन सराफले सर्वाधिक ७८ रन बनाए । रासीद खानले २४ रन बनाउँदा सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै, लोकेश बमले १६, भिम सार्कीले १३ र कमलसिह ऐरीले ९ र कप्तान आरीफ शेखले ३ रन बनाए ।

बलिङतर्फ अफगानिस्तानका मोहमद कबिले ३, अबिद मोहमद र आरीफ खानले समान १–१ विकेट लिए । भारतीय क्रिकेट बोर्ड बिसीसीआईको  निमन्त्रणामा चार एक दिवसीय क्रिकेट सिरीजका लागि भारतमा रहेको नेपालले भारतको ए र बि टोलीसँग हार ब्यहोरिसकेको छ ।