देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल आईडल सिजन टु विजेता सम्भावना बोकेका पवन गिरि

देशान्तर

काठमाडौं । हरेक मानिससँग हरेक किसिमका कला क्षमता हुन्छ । तर हरेक मानिसले आफ्नो हरेक क्षमता बाहिर ल्याएका हुँदैनन् । कोहीले आफ्ना क्षमता बाहिर ल्याउन चाहे पनि उचित स्थान पाउन सकिरहेका हुँदैनन् । यसरी जसले आफ्ना कला क्षमतालाई बाहिर ल्याएर सबैको मनमा बस्न सक्छ , उसले सबैको मनमा वास बस्न सकेको हुन्छ ।

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर पाँचमा जन्मेर काठमाडौको शंकरदेब क्याम्पसमा स्नातक तह अन्तिव वर्षमा अध्ययनरत पवन गिरि आफ्नो क्षमतालाई बाहिर ल्याउन नेपाल आईडल सिजन टु मा सहभागी भएका छन् ।

गिरीलाई सानैदेखी गायन, लेखन, संगीतमा रुची थियो । तर उनले पारिवारिक समस्या , नाजुक आर्थिक स्थितिका कारणले आफ्नो कला बाहिर प्रस्तुत गर्ने उचित वातावरण पाएनन् । संगित सिक्ने मन हुदाँ हुँदै पनि उनले सिक्न सकेनन् ।

सानैदेखी गायक बन्ने सपना बोकेका उनलाई अहिले एपीवानमा संचालन भईरहेका नेपाल आईडल उनको क्षमता देखाउने फोरम बनेको छ । उनी उत्कृष्ठ २० भित्र पर्न सफल भएका छन् । उनी विशेष गरि बेस्टन ज्याज टाईपको गीत गाउन रुचाउँछन् ।

पर्याप्त मात्रामा संगित सिक्नको लागी नसकेपनि पछिल्लो दुई वर्ष यता उनी संगितसंग आवद्ध हुन थालेका छन् । उनी कहिलेकाही आफ्नो चाहाना पुरा गर्न तथा पकेट खर्च जुटाउनका लागी आफुले चिनेका साथीहरुसंग कहिलेकाही ठमेलका क्लबहरुमा गएर गित गाउने गर्दछन् ।

उनका बाबु भिम बहादुर गिरी आरआर क्याम्पसमा पालेको काम गर्दछन् । पालेको काम गरेर जिविको पार्जन गर्ने गिरी परिवारले पवनलाई उनको ईच्छा अनुसार परिवारले संगित सिकाउन सकेनन् । पवन अहिले आफै खर्च जुर्टार संगित सिक्न थालेका छन् । उनले आफ्नो क्षमता नेपाल आईडलमा प्रस्तुत गरिरहेका छन् ।

बच्चा देखीको गायक बन्ने सपना पुरा गर्न उनी नेपाल आईडलमा सहभागी भएका छन् । उनी नेपाल आईडल जितेर आफ्नो सपना पुरा गर्न चाहान्छन् । उनले सबैलाई नेपाल आईडलमा आफ्नो प्रस्तुतीलाई हेरेर भोट गरि सहयोग गरिदिन समेत आग्रह गरे ।